कञ्चनपुरमा राप्रपाको शक्ति प्रदर्शन : ५ सय ७१ जनाले गरे पार्टी प्रवेश

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको खुलामञ्चमा मंगलवार राष्ट्रिय प्रजातन्त्र पार्टीको विशाल आमसभा एवं बृहत् पार्टी प्रवेश कार्यक्रममा ५ सय ७१ जना राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ्गले समग्र राष्ट्र निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताएका छन् ।

बिज्ञापन

पछिल्लो समय राष्ट्र खस्किँदै गइरहेको अवस्था भएकाले यसबाट मुलुकलाई छुट्कारा दिलाउनका लागि अब राप्रपाको विकल्प नभएको उनले बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले मुलुक असफल राष्ट्रतर्फ गइरहेको भन्दै मुलुकलाई यसबाट जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा विकल्प भएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा संघर्ष र निर्वाचन दुवैका लागि तयार रहेको समेत बताए ।