
कास्की प्रहरीले एक लाख २४ हजार सात सय ३० रुपैयाँ नगदसहित नौजनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका– २ अर्चलबोटस्थित रामबहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।



पक्राउ पर्नेमा कास्की माछापुच्छ«े गाउँपालिका– १ घर भई हाल पोखरा– २ अर्चलबोट बस्ने ५० वर्षीय रामबहादुर पुन, पर्वत जलजला गाउँपालिका– ५ स्थायी घर भई पोखरा– २ अर्चलबोट बस्ने ४८ वर्षीय चक्र पुर्जा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ स्थायी घर भई पोखरा– १५ रामबजार बस्ने ३० वर्षीया स्वस्तिका पुन, कास्कीको अन्नपूर्ण गाउँपालिका– ५ स्थायी घर भई पोखरा– १९ लामाचौर बस्ने २९ वर्षीय मनोज पुन छन् ।

यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका– ४ स्थायी घर भई पोखरा– १९ लामाचौर बस्ने २५ वर्षीय उमेश मगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्थायी घर भई पोखरा– १९ लामाचौर बस्ने ४० वर्षीय टेकबहादुर गर्बुजा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्थायी घर भई पोखरा ११ बस्ने ३२ वर्षीया दीपा पुन, पोखरा– २५ हेम्जा बस्ने ४१ वर्षीय शिवप्रसाद सापकोटा र पोखरा– १८ सराङकोट बस्ने ५१ वर्षीय कृष्ण थापा पनि पक्राउ परेका छन् ।
उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तिवारीले जानकारी दिए ।