दार्चुलाको शैल्यशिखरमा राप्रपाबाट साधु पनि मेयरका उम्मेदवार

दार्चुलाको शैल्यशिखर नगरपालिकाको मेयरमा एकजना साधुले उम्मेदवारी दिएका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी मन्दिरको आश्रममा बस्दै आएका स्वामी रामानन्द सरस्वतीले शैल्यशिखर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनलाई पार्टीले शैल्यशिखर नगरपालिकाको प्रमुखको उम्मेदवारमा सिफारिस गरेको हो ।

उनले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउदैँ शैल्यशिखर नगरपालिकामा भइरहेको भ्रष्टाचार अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।राष्ट्रिय प्रजानन्त्र पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनेका उनलाई गोकर्ण साउँदले प्रस्ताव गरेका छन् भने महादेव जोशीले समर्थन गरेका छन् ।