
काठमाडौं — केन्द्रीय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान गरेको छ ।

विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान गरेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.३ प्रतिशत थियो ।
बिज्ञापन



आर्थिक वर्ष सकिन करिब तीन महिनामात्रै बाँकी रहेको, तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएको आधारमा यस्तो अनुमान गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, गरै कृषि क्षेत्रको ६.९ प्रतिशत हुने अनुमान छ ।
यस्तै, नेपालीको प्रतिव्यक्ति आय १२३ डलर बढेर १२४९ बाट १३७२ डलर पुगेको विभागले जनाएको छ ।