
गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

संघले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमार्फत प्रदेश सरकारलाई १६,००० थान मास्क हस्तान्तरण गरेको हो ।
बिज्ञापन



हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक अमृता थापा, पूर्वसल्लाहकार डम्बर घले तथा युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङको उपस्थिति रहेको संघको केन्द्रीय सचिवालयले जनाएको छ।

उक्त मास्क गैरआवासीय नेपाली संघ मकाउको तर्फबाट प्राप्त भएको बताइएको छ ।