
काठमाडौं — प्रहरीले काठमाडौंको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।
बिज्ञापन



सडकमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरुबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरिएको छ ।

उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।