
आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
बिज्ञापन



गत शुक्रबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँ र चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।