कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च पुगे एआईजी पोखरेल र थापा

कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च पुगे एआईजी पोखरेल र थापा
वरीयता मिचेर जुनियरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय बदर हुनुपर्ने माग गर्दै दुई एआईजीहरू सर्वोच्च अदालत गएका छन् ।

१६ महिना जुनियरलाई आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल थापा रिट निवेदन लिएर सर्वोच्च गएका हुन् ।

बिज्ञापन

उनीहरूले दिएको रिट निवेदन दर्ता प्रक्रियामा छ । ‘हामीले रिट दिइसकेका छौँ, दर्ता प्रक्रियामा छ,’ एआईजी पोखरेलले भने ।

आइतवारको मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा पदोन्नति गर्ने निर्णय गरेको थियो । उनले दर्ज्यानी चिह्न पनि लगाइसकेका छन् ।