निर्वाचान आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको सूची

काठमाडौं। निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ। आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो। 

प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगको भनाइ छ। अहिले सार्वजनिक भएको सूचीमा थपघट हुन सक्ने आयोगले उल्लेख गरेको छ। यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो।

आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १३ मा उजुरी दिने समय दिएको थियो। त्यसैगरी १४ र १५ गते उजुरीमाथि छानबिन गरेको थियो भने १७ गते उम्मेदवारहरूलाई चुनाव चिन्ह वितरण गरेको थियो।