
बुधबार सुन-चाँदीको मूल्य स्थिर छ। आज सुन प्रतितोला ९७ हजार दुई सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन-चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।केही दिन यता लगातार सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।अघिल्लो साताको सोही दिनमा सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन



यो मूल्य एकैपटक गत शुक्रबार मात्र बढेर प्रतितोला ९९ हजार दुई सय रुपैयाँ पुगेको थियो। सो दिनपछि आजसम्म सुनको मूल्य लगातार घटिरहेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १८ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
