निर्वाचनको दिन मतदानस्थलमै कोरोना भाइरसविरुद्धको खोप लगाइने

काठमाडौं। सरकारले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन मतदानस्थलमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएको हो। मन्त्रालयले बुधवार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा। संगीता कौशल मिश्राले कोरोनाविरुद्धको खोप लगाउने बताइन्।वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गर्ने  र मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिकालाई पहिलो, दोस्रो र बुस्टर डोज लगाउने बताइन्। खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई खोप कार्ड लिएर जानसमेत उनले आग्रह गरिन्।