आइसिसिको मनोनयनमा कुशल

 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) को प्लेयर अफ दी मन्थको मनोनयनमा परेका छन्।
कुशलले नेदरलैंड्स र मलेसियासँगको घरेलु भुमिमा सम्पन्न त्रिकोणात्मक शृंखलामार्फत डेब्यु गरेका थिए।पाकिस्तानका कप्तान बाबर आज़म र फखर जमानसँगै उनी एप्रिल महिनाको आइसिसि प्लेयर अफ द मन्थको मनोनयनमा परेका हुन।
कुशलले गत महिना सम्पन्न भएको शृंखलाको पाँच इनिंगस्मा चार अर्धसतक बनाएका थिए।त्यसै क्रममा उनले ट्वान्टी -२० अन्तराष्ट्रिय डेब्यु पश्चात लगातार तिन अर्धसतकको किर्तिमान बनाउँदा २ सय ७८ रन बटुलेका थिए।

बिज्ञापन