
चितवन- भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ४५५ पुगेको छ ।
दाहाल ९ हजार ५४२ मतका साथ अग्रस्थानमा रहेकी छन् भने सुवेदी ८ हजार ८७ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ४ हजार ३१५ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ र राप्रपाका हिमला गुरुङले ६ हजार ५९३ मत प्राप्त गरेकी छन् । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ ।