
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले जानकारी दिए।
आज पनि बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने जनाइएको छ। पोख्रेलका अनुसार बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल हुने छ ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको तयारीस्वरुप यतिबेला माओवादी केन्द्र वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ।