
वासिङ्टन : अमेरिकाकाे ओहिओ राज्यको ड्याटनस्थित भएको हमलामा ९ जना मारिएका छन् । अरु १६ जना घाइते छन् ।

बिज्ञापन



आइतबार एकाबिहानै गोलाबारी भएको यहाँको प्रहरी र स्थानीय मिडियाले जनाएका छन् । हमला गर्ने व्यक्तिको समेत मृत्यु भइसकेको बताइएको छ ।

१६ जना घाइतेलाई अस्पताल पुर्याइएकाे छ । एल पासो, टेक्ससमा २० जनाको ज्यान जानेगरी भएको हमलाको केही घण्टामै अर्को हमला भएको हो ।
एक साताअघि मात्रै फूड फेस्टिबलमा पनि तीनजनाकाे हत्या भएकाे थिाये । घटनाकाे पूर्ण विवरण आइसकेकाे छैन । यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।