प्रतिनिधि सभा निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार बनाउछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर या फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनबाट नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनेपछि पाँच वर्षमा के काम गर्ने भनेर अहिलेदेखि तयारी थालेको उनको भनाइ छ ।

आइतवार काठमाडौंमा स्वर्णिम वाग्लेको पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले आगामी निर्वाचनबाट कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरेका हुन् ।‘मंसिर या फागुनमा हुने चुनाबाट कांग्रेसले बहुमत प्राप्त गर्छ, मतदातालाई हामी के कुरामा आश्वस्त पार्छौं भने २०४८ र २०५६ सालमा कांग्रेसले गरेको गल्ती र नेकपाको २०७४ सालको गल्तीबाट सिक्छौं,’ थापाले भने, ‘सरकार बनेपछिको पाँच वर्षमा के गर्ने र कसरी गर्ने भनेर टीममा काम गरिरहेका छौं ।’

बिज्ञापन