माछा मार्ने क्रममा डुबेर काका–भतिजाको मृत्यु

अर्घाखाँची। शितगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।शितगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजाको मृत्यु भएको हो।

खोलामा डुबेर प्युठान नौबहिनी गाउँपालिका–८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए।जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइएको छ।