सुनचाँदीको मूल्य स्थिर

आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको हो ।जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थियो ।

यस्तै, तेजाबी सुनको कारोबार मूल्य समेत ९७हजार ५०० रुपैयाँ थियो ।यसैगरी, सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको मूल्य पनि स्थिर रहेको जानकारी दिएको छ ।महासंघले आज चाँदीको भाउ तोलामा १२ सय ७० रुपैयाँ रहेको जानकारी दिएको छ । जुन, हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो । वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आइरहेको छ । वैशाख ५ गतेयता सुनको मूल्यमा ४ हजार ५०० रुपैयाँको गिरावट आइसकेको छ ।

बिज्ञापन