
नेपाली बजारमा सोमवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार यस्तो सुन प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमवार चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।