काठमाडौं-२२ को वडाध्यक्षमा एमाले विजयी, स्थापितले पहिलो मत पाउँदा बालेन तेस्रो

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यहाँ एमालेका चिनीकाजी महर्जन ५८२ मतान्तरका साथ विजयी भए ।

महर्जनले २०६० ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तन्दुकार १४७८ मतमा रोकिए ।यस वडामा मेयरमा भने नेकपा एमालेका केशव स्थापितले सबैभन्दा बढी १०९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००१ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन साहले तेस्रो स्थानको मत ६७९ पाए ।अहिलेसम्मको परिणामअनुसार समग्र गणनामा भने बालेनको निरन्तर अग्रता छ ।

बिज्ञापन