
नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नेकपा एमालेले अध्यक्ष केपी ओलीको पालामा मधेशमा आमूल परिवर्तन गरेको बताएका छन् । शनिबार एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संघको दोश्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले निकै मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे ।

प्राध्यापकहरूले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको भन्दै गरेको चिन्ताप्रति उनले ऐक्यबद्धता समेत जनाए ।सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका थिए ।
बिज्ञापन



