
पर्साको वीरगन्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।

महानगरका ३२ वटै वडाको मंगललवार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका सिंह विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै सिंह मेयरमा निर्वाचित भएका हन् । पराजित सरावगी अघिल्लो पटक मेयरमा निर्वाचित भएका थिए ।



सिंहले ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित हुँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् । राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् ।उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका आलम उपमेयरमा निर्वाचित भएका हुन् ।
