
काठमाडौँ । चट्याङ लागेर आइतबार बिहान उदयपुरमा एक महिलाको ज्यान गएको छ।

बिहान पानीसँगै परेको चट्याङले लागेर घाइते भएकी कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको उपचारका क्रममा ज्यान गएको हो।घरमा बसिरहेको अवस्थामा चट्याङ्ले लागेर घाइते भएकी बुढाथोकीको कटारी अस्पतालमा उपचारको क्रममा १०:३० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिज्ञापन



