
रोल्पामा भएको अटो दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।
उनकाअनुसार अटो दुर्घटनामा अन्य तीन यात्रु घाइते छन्। यीमध्ये एक जना गम्भीर घाइते छन् भने दुई जना उपचारपछि घर फर्केका छन्।रोल्पा नगरपालिका वडा नम्बर ७ का करिब ५२ वर्षीय जानसिंह पुनलाई थप उपचारका लागि बुटवल पठाइएको छ।मंगलबार साँझ करबि ६ बजेतिर रोल्पा नगरपालिका वडा नम्बर २ सिमलबाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।