सुनचाँदीकै मूल्य घट्यो, आजको भाउ कति ?

नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ घटेको छ ।

छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रूपैयाँले घटेको छ ।

आज तेजावी सुन ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, चाँदीको मूल्य आज १० रूपैयाँले घटेको छ । आज चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।