छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

दार्चुला – दार्चुलामा १७ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।जिल्लाको नौगाड गाउँपालिका ६ स्थित खालीडाडा लेकबाट बलात्कार आरोपमा शिक्षक रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयमा कम्प्युटर पढाउने शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक बिष्टले बताए ।पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन्। उनको उजुरीपछि प्रहरीले धामीलाई समातेको हो । पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने बताइएको छ ।

बिज्ञापन