
हेटौडा । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध सरकारी सवारीसाधन आवतजावतमा अवरोध गर्ने क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलसहित ४ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

आज बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकबाट पौडेलसहित, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुस्कर तिम्ल्सिना र युवा संघका नेता रजकुमार घिमिरेलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए ।प्रदर्शनकारीले १० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएका थिए ।नियन्त्रणमा लिएको सवारीको चाबी प्रहरीमा बुझाउँदै पक्राउ परेका नेताहरू बिनासर्त छाड्न अनेरास्ववियुले माग गरेको छ ।
बिज्ञापन



