बालेनसँग हामी सहकार्य गर्न तत्पर छौँ: अध्यक्ष नेपाल

काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई शुभकामना व्यक्त गरेका छन्। लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका हुन्।अध्यक्ष नेपालले उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको पनि बताएका छन्।

उनले जारी गरेको सन्देशमा भनेका छन्, ‘यहाँले सार्वजनिक रूपमा प्रतिवद्धता गरे अनुरूप काठमाडौंलाई उत्कृष्ट शहर बनाउने लगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर रहेको छ।’बालेनले निर्वाचनमा ६१ हजार ७६७ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले  ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले  १३ हजार ७७० मत ल्याए।

बिज्ञापन