
काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आर्थिक समस्या समाधान गर्नका निमित्त सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ ।श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहिबार श्रीलंकामा औषधि, खाद्यान्न आपूर्ति तथा इन्धन लगायतका आवश्यकता पूरा गर्न मद्धत गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेका हुन् ।जापानको टोकियोमा आयोजित ‘फ्युचर अफ एसिया’ नामक सम्मेलनलाई भर्चुअल रुपमा संबोधन गर्दै गोटाबायाले यस्तो अपिल गरेका हुन् ।

हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ। हामीलाई तुरुन्तै अन्तरराष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु ।’ उनले भने ।७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा हाल इन्धन, खाद्यवस्तु लागयतका अत्यावश्यक वस्तुको समेत अभाव देखिएको छ ।



