आईपीएल क्रिकेटको उपाधि गुजरात टाइटन्सले जित्यो

काठमाडौं स् इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ।​

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो।  आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो। ​राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि  शुभमान गिलले नटआउट ४५,  कप्तान हार्दिक पाण्ड्याले ३४ र डेभिड मिलरले ३२ रन बनाए।बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र युजभेन्द्र चहलले समान १(१ विकेट लिए।

बिज्ञापन

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो। राजस्थानका लागि जोश बटलरले ३९ रन यशस्वी जैसवाल २२ र कप्तान सन्जु सामसनले १४ रन जोडे।बलिङतर्फ गुजरातका कप्तान हार्दिकले ३,साइ किशोरले २ तथा मोहमद सामी, यश दयल र रासिद खानले समान १-१ विकेट लिए। राजस्थानलाई हराएर फाइनलमा पुगेको गुजरातले फाइनलमा पनि राजस्थानलाई नै हराएर उपाधि हात पारेको हो। ।