१९ वर्षीय छोरा तेस्रोलिङ्गी भएर बाँच्न चाहन्थे, तर आमाले गरिन् दर्दनाक हत्या

काठमाडौं — भारत तमिलनाडुमा तेस्रोलिङगी भएर बाँच्न चाहने १९ बर्षीय छोराको आमाले हत्या गरेकी छन् ।

तमिलनाडुको सलेम प्रहरीले छोराको हत्या आरोपमा आमालाई पक्राउ गरेको छ । आमासँगै अन्य पाँच अभियुक्क्त पनि पक्राउ परेका छन् ।

बिज्ञापन

मृतकको नाम नवीन हो, जसले आफ्नो नाम परिवर्तन गरी अक्षिता राखेको थियो । यो डरलाग्दो घटना अम्मापालयमको कन्नगी स्ट्रीटको हो ।

यहाँ ४५ बर्षीया उमादेवी श्रीमानबाट अलग भएर एक्लै बस्दै आएकी थिइन् । उनका छोरा नवीन कुमारले ट्रान्सवुमन बन्ने प्रयास गर्न थाले । ट्रान्सजेन्डर बन्ने प्रइसमा नवीनले आफ्नो नाम परिवर्तन गरेर अक्षिता राखे, उनी बैंगलोरमा ट्रान्सजेन्डर समुदायका सदस्यसहरुसँग बस्थे ।

नवीन आफ्नी आमालाई बारम्बार भेट्ने  गर्थे । उमादेवीले नवीनलाई ट्रान्सवुमन नबन्न सल्लाह दिइन्, उनी नमान्दा उमादेवीसहित पाँच जनाले उनीमाथि आक्रमण गरे । गम्भीर घाइते नवीनलाई गत हप्ता सरकारी अस्पतालमा भर्ना गरिएको गरिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भयो ।

अनुसन्धानका क्रममा नवीनको हत्या उनकी आमा उमादेवीले गरेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीका अनुसार उमादेवीले नविनलाई पुरुष नै रहन हर्मोन खुवाउन लगाएकी थिइन् । जब नवीनले यो कुरा न मानेपछि उमादेवी र उनको साथीहरुले नवीनमाथि आक्रमण गरे र हत्या गरियो ।