तारा एयरको जहाज दुर्घटना: मृतकको शव आफन्तको जिम्मा लगाइयो

काठमाडौं। पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम भएको छ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सकिएपछि सबै शव बिहीबार मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ।कोहीले शव लगिसकेका छन् भने कोही लैजाने तयारी छन्।दुर्घटनामा ज्यान गुमाएका चालकदलका तीन सदस्यसहित १६ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

बिज्ञापन