
टवल : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट तर्फबाट सहभागी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको भन्दै उनले राजीनामा दिएकी हुन् ।
बिज्ञापन



प्रदेश सरकारमा छ सांसद रहेको जसपाका चार जना सांसद मन्त्री बनेका थिए । उनले राजीनामा दिएसँगै मुख्यमन्त्री शंकर पोखरेललाई समस्या हुने भएको छ ।

