
काठमाडौं – छिमेकी मुलुक भारतको कोभिड १९ को संक्रमण भयावह बन्दै गएको छ ।

हालसम्मको तथ्यांक हेर्नेहो भने भारत सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।
बिज्ञापन



भारतमा शनिबार ९० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमित भेटिएका थिए ।

पछिल्लो तथ्यांक अनुसार भारत ब्राजिललाई पछि पार्दै सूचीमा एक कदम माथि आएको हो।
पहिलो स्थानमा अमेरिका छ भने ब्राजिल तेस्रो स्थानमा झरेको छ। चौथो स्थानमा रहेको रसिया ब्राजिलभन्दा ३० लाख कम संक्रमित भएको मुलुक हो।
सबैभन्दा धेरै खराब अवस्था भएको मुलुक अमेरिका ६४ लाख ६० हजार भन्दा धेरै मानिस संक्रमित छन्।
दोस्रो स्थानमा उक्लिएको भारतमा यो संख्या ४२ लाख २ हजार रहेको छ। तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ३७ हजार संक्रमित छन्।
चौथो स्थानमा रहेको रसियामा संक्रमितको संख्या १० लाख २५ हजार रहेको छ।