
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले तालमेल प्रभावकारी भएको बताए ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जित हासिल गरेको शर्माको भनाइ थियो । ‘सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै हल्ला भने धेरै भयो’, महामन्त्री शर्माले भने ।उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै ५ वर्षे कार्यकालको सही उपयोगका लागि उनले निर्देशन पनि दिए ।
बिज्ञापन



