चीनमा खुल्न थाले पर्यटकीय स्थल

काठमाण्डौ – दुई महिना लामाे लकडाउनपछि चीनमा अब पहिलेकै अवस्थामा फर्कँदै छ । जनजीवन बिस्तारै समान्य हुँदै गइरहेको छ ।

 

बिज्ञापन

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन सुरु भएपछि रोकथाम र नियन्त्रणका लागि दुई महिनाभन्दा धेरै लकडाउन गरिएको थियो ।

 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङमा रहेको ‘चिनियाँ पर्खाल’ सहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छ । बेइजिङ टुरिज्म ब्यूरोका अनुसार यी सबै ठाउँमा ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइनेछ ।

 

योसँगै शङ्घाइमा आधिरातसम्म चल्ने बजार पनि खुल्नेछ ।

 

काेराेना भाइरसकाे सङ्क्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाकाे ज्यान गएकाे छ भने ८२ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे छ । सङ्क्रमितमध्ये ७७ हजारभन्दा धेरै उपचारपछि निकाे भएका छन् ।

 

चीनबाट फैलिन थालेकाे भाइरसकाे सङ्क्रमणले अहिले युराेप र अमेरिकामा प्रकाेपकाे रुप लिइरहेकाे छ ।