सलमानलाई आयो ज्यान मार्ने धम्कीसहितको चिठ्ठी

बलिउडका अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई ज्यान मार्ने धम्कीसहितको चिठ्ठी आएको छ। आइतबार ज्यान मार्ने धम्की सहितको चिठ्ठी आएपछि यो विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई यो चिठ्ठी दिएको थियो। दैनिकजसो मर्निङ वाकको लागि निस्किएका सलिम खान बान्द्रको व्याण्डस्ट्यान्डमा बेञ्चमा बसिरहेका थिए र एक व्यक्तिले उनलाई चिठ्ठि दिएर गए। जसमा उसले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए।त्यसपछि सलिमले आफ्ना सुरक्षाकर्मीको सहयोगले प्रहरीलाई सम्पर्क गरे। बान्द्राको प्रहरी कार्यालयमा भारतीय दण्ड संहिताको धारा ५०६ को आधारमा रहि एफआइआर दर्ता गरिएको छ। मुम्बई प्रहरीका अनुसार घटना आइतबार बिहान साढे ७ देखि ८ बजेको बिचमा घटेको हो।