
महेश सिंह । सिरहा । सिरहाको लहान नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालयका समस्या समाधानका लागि बृहत् शिक्षक भेला सम्पन्न भएकाे छ । लहानका नव निर्वाचित मेयर महेश चौधरीले आफू निर्वाचित भएको केही महिनाभित्र सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउने कार्यहरू सुरु गरेका छन्।

शिक्षकलाई नियमित मासिक तलब, पशुपति माविलाई नमूनाका रूपमा विकास गर्ने प्रतिवद्धता, बाल विकास तथा विद्यालय कर्मचारीको तलबमा वृद्धि, दिवाखाजा, नियमित प्रअ बैठकलगायतका सुधार कार्यक्रम ल्याइने भएको हो ।
बिज्ञापन



