
बारा । बाराको सिम्रौनगढमा दुई पक्षको झगडामा गाडीमा आगो लगाई जलाइएको छ ।
सिम्रौनगढ नगरपालिका वाड नं ७ खजानी गाउँबाट सोही नगरपालिका वडा नं. २ नौकाटोला गाउँमा बिहेको लागि गएको जन्तीको गाडी पार्किङ गर्ने बेलामा अर्को गाडीलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गाडीको पछाडि भागमा क्षति पुगेको थियो ।
क्षति पुगेको गाडी धनी लवकुश राजले कसले र किन ठक्कर दिएको बारेमा सोधपुछ गर्दा खजानी गाउँकै जयन्त कुशवाहाको समूहले उनीमाथि हातपात गरेको थियो । केही सामाजिक अगुवाहरुको रोहबरमा केहीबेरमै झगडा शान्त गरिएको थियो । जन्ती लिएर गाडी पुनः खजानी गाउँमा फर्केपछि जयन्त कुशवाहा सहित तीन जनाले आगो लगाई पूर्ण रुपमा जलाइ दिएको गाडी धनी लवकुश राजले आरोप लगाएका छन् ।
प्रहरीमा कुुश्वाहासहित तीन जनाको बिरुद्घ ठाडो किटानी उजुरी दिएको लवकुशले बताए । उजुुरीमा आफूसहित आमा बुबा तथा भाइ भतिजा समेतलाई कुटपिट गरेको निवेदनमा उल्लेख छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रही निरीक्षक दिपक सुबेदीले घट्नाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।