
ललितपुर– ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ इमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।