
काठमाडौं: साविक विजेता फ्रान्स यूईएफए नेसन्स लीगको दोस्रो खेलमा बराबरीमा रोकिएको छ।समूह जी अन्तर्गत फ्रान्सले क्रोएसियासँग १–१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा फ्रान्सका एड्रिएन राबिओटले शुरूवाती गोल गरेका थिए।त्यसपछि ८३औं मिनेटमा क्रोएसियाका एन्डरेज रामारिकले गोल गर्दै खेल बराबरी गरेका थिए। बराबरीपछि तेस्रो स्थानको फ्रान्सले दुई खेलबाट १ अंक जोडेको छ।पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २–१ ले पराजित भएको थियो। यही समूहको अर्को खेलमा डेनमार्कले लगातार दोस्रो जित निकाल्ने क्रममा अष्ट्रियालाई २–१ ले हरायो।६ अंकका साथ डेनमार्क शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ।

बिज्ञापन



