
नेपाल आयल निगमले इन्धनको भाउ पुनः बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल , मट्टीतेल र डिजेलको भाउ बढाएको हो ।

पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
बिज्ञापन



बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल/मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।
