
सुनसरीको बराह क्षेत्रमा १८ वर्षीय किशोरको हत्या अभियोगमा उनका दाजु पक्राउ परेका छन् ।

सुनसरी प्रहरीका अनुसार बराह क्षेत्र नगरपालिका-४ कौवा खोजमा खुकुरी प्रहारबाट सख्त घाइते भएका १८ वर्षीय देव कुमार धामीको उपचारका क्रममा मृत्यु भएको हो ।
बिज्ञापन



प्रहरीले घटनापछि आइतबार बिहान मृतकका दाजु ३० वर्षीय देवराज धामीलाई पक्राउ गरेको चुरोटको निहुँमा भएको झगडामा देवराजले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
