
काठमाडौँ महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले प्रदान गर्ने पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो । त्यस्तै, स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट हर्क साम्पाङ राईलाई प्रदान गरिने भएको छ ।

पुरस्कारको राशी २५ हजारको रहेको छ । भाषा साहित्य र संस्कृतिको जगेर्नाका निमित्त अमेरिकामा खोलिएको एन एन जे इन्टरटेन्मेन्टले सन् २००५ देखि अमेरिकामा निरन्तर सक्रिय छ ।
बिज्ञापन



