आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध

देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ । अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।

सोअनुसार, आज भदौ १ गतेदेखि विद्युतीय चुलो प्रयोगमा ल्याइएको अर्थमन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

बिज्ञापन