महिलाबाट पुरुषमाथि पनि हिंसा हुन्छ, कानुन बनाउँदा सोचौं: बिन्दा पाण्डे

काठमाडौं । नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसाबारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् ।

‘हदम्यादलाई ३५ दिनबाट छ महिनासम्म पुर्‍यायौं, ६ महिनाबाट एक वर्ष पुर्‍यायौं, यसले पनि भएन, अब जहिले सुकै र जसले पनि उजुरी दिन पाउने गरि न्यायको ढोका सधैंँका लागि खुला गरौँ, पुरुषमाथि भएका हिंसाका बारेमा पनि व्यवस्था गरौं,’ उनले भनिन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसाबारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् ।

‘हदम्यादलाई ३५ दिनबाट छ महिनासम्म पुर्‍यायौं, ६ महिनाबाट एक वर्ष पुर्‍यायौं, यसले पनि भएन, अब जहिले सुकै र जसले पनि उजुरी दिन पाउने गरि न्यायको ढोका सधैंँका लागि खुला गरौँ, पुरुषमाथि भएका हिंसाका बारेमा पनि व्यवस्था गरौं,’ उनले भनिन् ।बैठक जारी छ ।