मेसिनले हात काट्दा एक जनाको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१७ स्थित रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा १ जना अप्रेटरको मृत्यु भएको छ ।  हिजो राति १० बजे जुटमिलमा अप्रेटरको काम गर्ने मोरङ विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटि घाइते भएका थिए ।

घाइते कामतलाई तत्काल उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

बिज्ञापन