नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिजको आफ्नो खेले खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज नेपाल फर्किँदै छ।

यूएईमा ४ खेल खेलेको नेपाली टोली आज साँझ ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।

बिज्ञापन

त्रिकोणात्मक सिरिजमा नेपालले ४ खेल खेल्दै २ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ ।

नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेट तथा अन्तिम खेलमा ७ विकेटले पराजित गरेको थियो ।

घरेलु टोली युएई सँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । १२ खेल खेलेको नेपाली टोलीले ६ खेलमा जितेको छ ।