आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति देशभरका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भू-भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।