धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

कैलालीको धनगढी विमानस्थलबाट धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु भएको छ ।काठमाडौंदेखि धनगढीसम्म पहिलो उडान हुँदै आएकोमा मंगलबारदेखि धनगढीबाट पहिलो उडान सुरु भएको हो । एयरलाइन्स बुद्धले धनगढीबाट पहिलो उडान सुरु गरेको जनाइएको छ । ‘काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउँथे । मंगलबारदेखि भने त्यो बाध्यताको अन्त्य भएको छ’ धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भने ।

पहिलो उडान भर्न सोमबार नै बुद्ध एयरले विमानस्थलमा रात्रीकालिन पार्किङ गरेको थियो। ‘बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीदेखि काठमाडौं मंगलबार पहिलो दिन मौसमको खराबीका कारण ८ बजेर नौ मिनेटमा बुद्ध एयरको जहाजले धनगढीबाट काठमाडौँका लागि उडेको थियो । ७२ सिट क्षमता भएको जहाजमा ६४ जनाले यात्रा गरेको बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले बताए ।उडान भर्ने छ’ उनले भने –‘यसअघि विहान काठमाडौंबाट आएर विहान ८ देखि ९ बजेबाट धनगढीदेखि काठमाडौं पहिलो उडान हुने गरेको थियो ।’

बिज्ञापन

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशन तथा निर्णयपछि बुद्ध एयर लगायतका हवाई कम्पनीले काठमाडौँ भन्दा बाहिरका विमानस्थलबाट मंगलबारदेखि हवाई सेवा सुरु गरेका हुन् ।